श्रीमान पनि गुमाएकी गीता राउतलाई तारा एयरको जहाज दुर्घटनासंगै एक्ली छोरी एयर होस्टेज रमाले पनि छोडेर गइन

काठमाडौं । आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज म्याग्दीमा दुर्घटना  भयो । सो जहाजमा दुर्घटना हुँदा चालक दलका ३ सदस्यसहित २३ यात्रुको मृत्यु भएको छ।
 चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए।

 तीन वर्षदेखि तारा एयरमा एयर होस्टेजका रूपमा कार्यरत २६ वर्षे  रमा काठमाडौं कुलेश्वरकी हुन । 

उनकी ५० वर्षीया आमा गीताले आफ्ना श्रीमान वा रमाका बाबुलाई गुमाइसकेकी छन् ।  साथमा रहेकी एउटी छोरी पनि जहाज दुर्घटनासंगै गुमाउनु पर्दा बेहोस भएकी छन् । 

रमाका एक दाजु र एक भाइ पनि  छन्। रमाले आमा गीतलाई जोमसोम जाने खबर सुनाएकी थिइन । आज विहान विमान दुर्घटनाको खबर पाएपछि आमा बेहोस जस्तै बनेर बसेकी छन् ।  रमा गत सोमबार काठमाडौंबाट पोखरा गएकी थिइन्। 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment