|
काठमाडौं, २१ मंसिर । भारतबाट नेपाल आउँदै गरेका २ वटा जन्ती बोकेका गाडीलाई प्रहरीले महोत्तरीको प्रमुख सीमानाका भिट्ठामोडमा रोकेको छ । सोमबार भारतको सीतामढीबाट नेपालको धनुषा जिल्लाको देपुरा रुपैठामा जन्ती लिएर आएका गाडीलाई भिट्ठामोडमा खटिएको नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले नेपाल आउँन रोक लगाएको हो ।
अनिश्चितकालीन मधेस बन्द र सीमानाकामा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गाडीमा तोडफोड गर्लान र आफ्नो कर्तव्य पालनामा कमी देखिएला भनेर आफूले गाडीमा शुभविवाहको तुल देखेपनि रोक लगाएको प्रहरीले बताएको छ । नेपाल प्रवेश गर्न नदिएपछि भारतीय जन्ती बोकेका दुबै गाडी फिर्ता गएका थिए ।
|
0 comments:
Post a Comment