एउटै ओछ्यानबाट पनि यसरी विभाजित हुन्छन् सपना (भिडियो सहित)

काठमाडौं, २१ मंसिर । सँगै मनै र सँगै बाच्ने अभिलासा साचेर सहयात्रामा निस्किएका श्रीमान श्रीमतीको हिड्ने बाटो फरक भयो भने के हुन्छ होला ? एउटै सिरानी हालेर सुतेका श्रीमान र श्रीमतीका सपना फरक भए भने त्यो जीवन कस्तो बन्छ होला ? हो यहि भावको एउटा गीतमा गायिका काव्य आचार्यले आईतबार आवाज भरेकी छन् ।
पछिल्लो समय सुगम संगीतमा क्रियाशिल गायिका काव्यले लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीतमा उक्त भाव बोकेको गीत रेकर्ड गराएकी हुन । सञ्चारकर्ममा क्रियाशिल गीतकार राधिका अधिकारीले लेखेको उक्त गीत राजधानीको अडियो नेपाल रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको हो ।
बुद्ध सायमीको संगीत संयोजन रहेको छ । ‘जति छाल आएपनि नछोइने किनार भैयोआडलागि एउटै फरक सपना देख्ने सिरान भैयो’ बोलको यो गीतमा माया गर्दा गर्दै पनि फरक सपनाका कारण एउटा जीवन पूर्ण जीवन बन्न नसकेको भाव समेटिएको छ
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment