भक्तपुरको बालकोटमा कुकुरले खाँदै गरेको अवस्थामा शिशुको शव भेटियो - See more at:

भक्तपुर: भक्तपुरको बालकोटमा कुकुरले खाँदै गरेको कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ।
अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने बालकोटको खोल्छामा बिहान करिब ९ बजे कुकुरले खाँदै गरेको अवस्थामा भर्खरै जन्मिएको शिशुको शव भेटिएको हो।
Capture
आज बिहान करिब ४ बजे ल्याएर फालेको हुनसक्ने शिशुको आलै शवको कुकुरले हात र खुट्टा खाएको अवस्थामा भेटिएको महानगरीय प्रहरी प्रभाग बालकोटका प्रहरी नायब निरीक्षक युवराज शर्माले जानकारी दिए।
शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको जानकारी दिँदै उनले घटनाको अनुसन्धान सुरु गरिसकिएको जानकारी दिए।
त्यसैगरी भक्तपुर नगरपालिका व्यासीमा पनि कुहिएको अवस्थामा शिशुको शव फेला परेको छ। महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिनेश भण्डारीले कुहिएर गन्हाउने अवस्थामा सोमबार शिशुको शव भेटिएको जानकारी दिए।
दुईवटै शिशुको शव जन्मनेबित्तिकै हत्या गरेर फालिएको र अवैध सम्बन्धबाट जन्मिएको हुनसक्ने प्रहरीको अनुमान छ। 
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment