९ वर्षको बच्चाको मुखभित्र ३ सय दाँत !

वयस्क मानिसका अधिकतम ३२ वटा दाँत हुन्छन् । तर यहाँ त वयस्क होइन, ९ वर्षको बच्चाको नै ३ सय वटा दाँत पलाएका छन् । फिलिपिन्सका जोन क्रिस नामका ९ वषर्ीय बालक दुनियाका यस्ता दुर्लभ बालक हुन् जसलाई लागेको रोग यो संसारमा केवल ४ प्रतिशत मात्र मानिसलाई मात्र लागेको छ ।
kidहाइपरडोन्सिया नामक रोगका कारण उनको मुखभित्र असामान्य रुपमा धेरै दाँत पलाइरहेका छन् । मुखभित्र भटाभट दाँत पलाउने यो बिमारीले उनलाई असह्य पीडा दिएको छ । बोल्न तथा खानेकुरा खान पनि ठूलै कष्ट बेहोर्नुपर्छ ।
सानो छँदा उनको मुख सबै सामान्य थियो  । उनका २० वटा दाँत पलाएका थिए । तर उनका दाँतको संख्या विस्तारै बढेर ५० पुग्यो । त्यसपछि एक्सरे गर्दा त उनको मुखभित्र दाँतको संख्या डेढ सय पुगिसकेको पत्ता लाग्यो ।
उनको दाँत पलाउने क्रम रोकिएन र केही वर्षमै उनको मुखभित्र ३ सय वटा दाँत पलाइभ्याए ।
जोन नियमित उपचार तथा शल्यक्रियाबाट गुगि्ररहेका छन् । विस्तारै विस्तारै शल्यक्रिया गरी उनका दाँत निकालिँदै छ । अहिलेसम्म उनका ४० दाँत निकालिसकिएको छ । अझै ७ वटा अप्रेशन गरेर उनका बढि भएका दाँत निकालिने योजना छ ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment