राजेन्द्र महतोसहितका मोर्चाका कार्यकर्तालाई रानी भन्सारबाट प्रहरीले लखेट्यो

वीराटनगर, ११ पुस । वीराटनगरको रानी भन्सार नाकामा भारतीय भूमीबाट नेपाली सुुरक्षाकर्मीलाई डुङ्गा हान्नेहरुलाई भारतीय सिमा सुरक्षा बलले सीमाबाट हटाएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा जोगवनी नाकामा धर्ना दिन पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ । प्रहरीले धर्नामा बसेका महतोसहितका नेतालाई नियन्त्रणमा लिन खोजेपछि भएको झडपका क्रममा केहि आन्दोलनकारी समेत घाइते भएको बताइएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास हानेको थियो । सोही क्रममा मोर्चाका कार्यकर्ताले दशगजा छेउको भारतीय भूमि प्रवेश गरि नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका हुन । मधेसी मोर्चाका कार्यकर्ताले महतोलाई पनि भारतीय भूमि जोगवनीतर्फ लिएर गएका छन् ।
Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment