कार्तिक १५, २०७२- न्युजिल्यान्डले अष्ट्रेलियालाई ३७–१७ को स्कोरले पराजित गर्दै रग्बीकै इतिहासमा पहिलोपटक लगातार तीनपटक विश्वकप जितेको छ । यो जीतसँगै न्युजिल्यान्ड रग्बीमा विश्वकै सबैभन्दा दरिलो टोली बन्न सफल भएको हो । शनिबार राती बेलायतको ट्विकनहाममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई हराएको हो । न्युजिल्यान्डले अष्ट्रेलियालाई खेलको सुरुदेखि नै दबाबमा राख्न सफल भएको थियो ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment