|
काठमाडौं,४ मंसिर । मधेसी मोर्चाले सरकार र प्रमुख तीन दल मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिम, दलितलगायत सीमान्तकृत समुदायले उठाएका मुद्दालाई सम्बोधन गर्न गम्भीर नभएको निष्कर्ष निकालेको छ । बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलन थप सशक्त बनाउने निर्णय गरेको छ । राजमार्ग पनि अवरुद्ध गरिने अहिलेको नाका बन्दलाई निरन्तरता दिादै ५ मंसिरबाट राजमार्ग पनि बन्द गर्ने मोर्चाको निर्णय छ । बजार, कलकारखाना पनि बन्द गरिनेछ । विद्यालय चल्न दिने आन्दोलनका कारण ९६ दिनसम्म बन्द भएका विद्यालय र क्याम्पस सञ्चालनमा अवरोध नगर्ने निर्णय मोर्चाले गरेको छ ।
तर, पठनपाठन भने बिहानी सत्रमा मात्रै सञ्चालन गरिनुपर्नेछ । औषधि ल्याउन सहयोग गर्ने नाकाबन्दीका कारण बिरामीको जीवन जोखिममा परेको भन्दै मोर्चाले मानवीय संवेदनाका आधारमा औषधि, अक्सिजन र स्वास्थ्यसम्बन्धी उपकरण ल्याउन नरोक्ने निर्णय गरेको छ । दिनको समयमा विराटनगर नाकाबाट मात्र औषधि ल्याउन दिने र त्यसमा सहयोग गर्ने मोर्चाले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
|
0 comments:
Post a Comment