|
कपिलवस्तु: बुधबार राति बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ आइरहेको ना४ख १०९४ नंको बसले पूर्वपश्चिम राजमार्गस्थित खगेन्द्रपुर नजिक रोकिराखिको ना४ख ५३१९ नं को बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा कोहलपुर नगरपालिका-२ बाँके घर भई बागलुङमा कार्यरत प्रहरी जवान २५ वर्षीय शिव खत्री र कजेरी बर्दिया बस्ने ३२ वर्षीय चन्द्रबहादुर रोकाया छन्। करिब ३५ घाइतेमध्ये झन्डै १५ जनाको अवस्था गम्भीर छ।
घाइते करिब १२ जनालाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि बुटवल पठाइएको छ भने अन्यको चन्द्रौटामा उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गेले जनाएको छ। रासस
|
0 comments:
Post a Comment