चीनसँगको कोरला नाका खोल्न आग्रह १२ वर्षअघि भएको थियो खोल्ने सहमति

कार्तिक १५, २०७२- भन्सार नाकामा आधारभूत पूर्वाधारहरु सीमा भन्सार, प्रहरी, शसस्त्र प्रहरी र कच्ची सडक जोडिएको उपल्लो मुस्ताङको चीनसँगनको कोरला नाका तत्काल सूचारु गर्न धौलागिरीबासीले आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महांसघले म्याग्दी सदरमुकाम बेनीमा शनिबार आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले यस्तो माग गरेका हुन् ।

 मुस्ताङको नेचुङ–लेक्जे नाका सञ्चालन नहुँदा यस क्षेत्रको आर्थिक विकास हुन नसक्ने भन्दै उनीहरुले भारतले गरेको नाकाबन्दीको दीर्घकालीन विकल्पको खोजीका रुपमा पनि यो नाका खोल्नु पर्ने बताएका हुन् । ‘यो नाका खुल्ने हो भने हाम्रा उत्पादन चिनियाँ बजारमा पुर्‍याउन सकिन्छ, यसले ब्यापारको विकल्प खुल्ला हुन्छ,’ नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले भने, ‘यो नाका मानसरोवर पुग्ने सबभन्दा छोटो बाटो हो । उताबाट मुक्तिनाथ, दामोदर कुण्ड आउन पनि सजिलो हुन्छ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।’ ‘

कोरला नाका चीनसँग जोडिएको सवैभन्दा सुगम छ । कमपानी पर्ने सुख्या मैदानी भु–भागमा अवस्थि, दुई देश विच बार्षिक ब्यापार मेला लाग्ने गरेको, सडक पूर्वाधारले जोडिएको चीनियाँ पक्ष पनि नाका खोल्न इच्छुक देखिएको छ,’ मुस्ताङका नागरिक अगुवा चन्द्र थकालीले भने । मुस्ताङ्गको नेचुङ र तिब्बतको ढोल्पासिङ जोड्ने २४ नम्बर सिमापिलर नजिकै नेचुङ नाका (कोरला पास) रहेको छ । यो नाकासम्म सडक जोडिएको छ । नेपाल र चीनबीच १२ बर्ष अघि नै यो नाका खोल्ने सहमति भइसकेको छ । ‘सीमा भन्सारमा आवश्यक पर्ने न्यूनतम पूर्वाधार उपलब्ध भए पनि दुई देशबीच आयात निर्यात सम्बन्धी ब्यापार योजना नबन्दा समस्या छ,’ मुस्ताङका प्रमुख जिल्ला 

अधिकारी गणेशबहादुर अधिकारीले भने, ‘हाम्रो सडकको स्तर उन्नत गर्न पश्चिम क्षेत्रको प्राथमिकता बेनी–जोमसोम–लोमन्थाङ सडक बन्न आवश्यक छ ।’ ०६२ सालमा नेपाल–चीन ब्यापारिक नाका सञ्चालन गर्ने सहमति भएपछि उत्साही भएका मुस्ताङीले ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम अन्र्तगत स्थानीय निकायको सबै बजेट खर्चेर सडक निर्माण गरेका थिए ।

Share on Google Plus

About xy

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment